२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

लुकी फर्गुसनको नयाँ किर्तिमान: चारै ओभर मेडन



काठमाडौं । टी-२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ । समूह ‘सी’ को अन्तिम खेलमा न्यूजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंगाएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो । ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

न्यूजिल्यान्डका बलर लुकी फर्गुसनले नयाँ किर्तिमान बनाएका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए । उनले आफ्नो कोटाका सबै चार ओभर मेडन बलिङ गरेर नयाँ किर्तिमान बनाएका छन् । उनी टी-२० विश्वकपमा सबै चार ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए ।

साथै फर्गुसन टी-२० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने भने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए ।

न्यूजिल्यान्ड यस विश्वकपमा शुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ५५ बजे

कैलालीका दुई क्षेत्रमा नेकपा, एक-एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

कैलाली । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र

रुपन्देही-२ मा अग्रता बढाउदै रास्वपा उम्मेदवार सुलभ खरेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं । बिहीबार मतदान भई हेलिकप्टरबाट मतपत्र ढुवानी गर्नुपर्ने हिमाली

प्युठानमा कांग्रेसका गोविन्दराज पोखरेल अघिअघि, पछ्याउँदै रास्वपाका बैदिक

काठमाडौं । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको प्युठानमा नेपाली कांग्रेसका

अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसालको अग्रता

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी