३ भदौ २०८३, बुधबार | August 19, 2026

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले कुटाई खाने दिन आउन लागेको बताएका छन् ।

पार्टी सभापति रबि लामिछानेले बोलाएको मन्त्री र सांसदहरू बिचको सामुहिक छलफलमा उनले सो दाबी गरेका हुन् ।

नेपाली कांग्रेस सभापति गगन थापालाई सर्लाही-४ वाट पराजित गरेर थप चर्चामा रहेका सांसद सिंहले तराई मधेसका पार्टीका सांसदले छठ पछाडी पिटाई खाने दाबी गरेका हुन् ।

‘मलाई एक हप्ता दिनुहोस् म सरकारका १ सय गल्ती निकालिदिन्छु,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेसमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन्’ उनले बैठकमा भने ।

तिहार पछि तराई मधेसमा हिन्दु धर्मालम्बीहरूले सुुर्यको उपसना गरि हर्षोल्लासका साथ छठ पर्व मनाउँछन् ।

पछिल्लो समय सांसद सिंह आफ्नै पार्टी नेतृत्व र बालेन्द्र सरकारसँग निरन्तर असन्तुष्ट रहदै बिबादस्पद अभिब्यक्ति दिदै आएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ४ : ४३ बजे

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका