१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागमती प्रदेशसभाको बैठक आज बस्दै



बागमती । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । विहान ११ बजेस्ने सो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमाथि छलफल भएको थियो । सरकारको आगामी आव २०८१/८१ को बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सम्पन्न गरी सभामुख भुवकुमार पाठकले बैठक आज बस्नेगरी आह्वान गरेका थिए ।

यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : १३ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण