६ पुस २०८२, आइतबार | December 21, 2025

नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरोकपको अन्तिम १६ मा प्रवेश



काठमाडनैं । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३-२ को जित हासिल गर्दै टोली समूह डीको समूह विजेता बनेको हो ।

मंगलबार राति भएको खेलमा डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अस्ट्रियाले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफ थप कुनै गोल नभई सकिएको थियो ।

खेलको ४७ औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाक्पोले गोल गर्दै खेल बराबरी गरे । ५९ औँ मिनेटमा रोमानो स्मिडले पुनः अस्ट्रियालाई अग्रता दिलाए ।

७५ औँ मिनेटमा मेम्फिस डिपायले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । तर, ५ मिनेटपछि नै मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई जित दिलाए ।

यस्तै फ्रान्सले पोल्यान्डबीचको खेल १-१ को बराबरीमा टुङ्गियो । ५६ औ मिनेटमा किलियान एम्बाप्पेले पेनाल्टीमार्फत् फ्रान्सलाई अग्रता दिलाए पनि ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

३ खेलपछि समूह डीमा अस्ट्रियाको ६ अङ्क रह्यो । फ्रान्सले ५ अङ्क बटुल्दा नेदरल्यान्ड्स ४ अङ्कमा सीमित बन्यो । जितविहीन पोल्यान्ड मात्र १ अङ्कमा चित्त बुझाउन बाध्य बन्यो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : १३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा