६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्राविधिक कुट्ने वडा अध्यक्षले विद्यालयमा प्रधानाध्यापक टिक्न दिएनन्



खजुरा । बाँकेको खजुरा गाउँपालिकामा कार्यरत प्राविधिक (सव ओभरपिसयर) लाई मुक्का हानेर चर्चामा आएका बाँके खजुरा गाउँपालिका-५ का वडा अध्यक्ष गरिबे शेखले पालिकाकै शिक्षा समितिले पठाएको एक प्रधानाध्यापकलाई हाजिर गर्न नदिएर फिर्ता हुन बाध्य पारेका छन् । शेख अध्यक्ष रहेको खजुरा ६ को भानु माध्यामिक विद्यालयमा शिक्षक दरबन्दी मिलान मापदण्ड अनुसार पठाइएका प्रधानाध्यापक चित्रबहादुर बिष्टलाई शेखले विद्यालयमा काम गर्न नदिएर फिर्ता हुन बाध्य पारेका हुन् ।

अघिल्लो वर्षको साउनमा पालिकाको कार्यपालिकाले तयार पारेको शिक्षक तथा प्रधानाध्यापक मिलान कार्यविधि अनुसार बिष्टलाई भानु माविमा पठाइएको थियो । तर सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका ५ नम्बर वडाका वडा अध्यक्षले बिष्टले आफ्नो मौखिक आदेश मान्ने अवस्था नदेखेपछि कार्यविधि विपरित काम गर्न बाधा पुर्याउँदै फिर्ता हुन बाध्य पारेका हुन् । आफै कार्यपालिकाको सदस्य रहेका शेखले आफैले हस्ताक्षर गरेको कार्यविधि विपरित निर्णय कार्यान्वयनमा असहयोग गरेको पालिकाका एक कर्मचारीले बताए ।

आफ्नो मनोमानी र जथाभावी दिने आदेशलाई बिष्टले पालना गर्ने अवस्था नआएपछि हाजिर गर्न नदिएर जबर्जस्ती फिर्ता जान बाध्य पारिएको पालिका स्रोतले जनाएको छ । वडा अध्यक्ष समेत रहेका अध्यक्ष शेखले मुखले बोलेको कानुन पालना गराउन खोज्ने र नमान्दा जबर्जस्ती गर्ने र अभद्र व्यवहार गर्ने गरेको नाम नबताउने सर्तमा एक कर्मचारीले बताए ।

शिक्षा समितिले कार्यपालिकाले बनाएको कार्यविधि अनुसार नै प्रधानाध्यापक पठाएको तर अध्यक्षबाट असहयोग भएको पालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताए । फिर्ता पठाउनुको कारण भने आफुलाई थाहा नभएको उनले बताए । फिर्ता हुन बाध्य पारिएका शिक्षक बिष्टलाई हाल मनकामनाको एक विद्यालयमा पठाइएको छ । भानु माविमा प्रधानाध्यापक नहुँदा विद्यालयको खाता संचालन हुन सकेको छैन भने ३ महिनादेखि शिक्षक कर्मचारीको तलव र व्यवसायीको पुस्तकको भुक्तानी रोकिएको छ ।

शेख उनै वडा अध्यक्ष हुन्, जसले प्राविधिक मुल्यांकन नै नगरि आफुले चाहेको व्यक्तिलाई सोही विद्यालयको माटो पटानको भुक्तानी नगरेको भन्दै गत वर्ष गाउँपालिकामा कार्यरत प्राविधिक (सव ओभरपिसयर) लिला राज धामीलाई मुक्का प्रहार गरेका थिए । विद्यालयको कार्यसम्पन्न प्रतिवेदन तयार गर्न विद्यालय परिषर पुगेका प्राविधिक धामी प्रतिवेदन बिना भुक्तानी गर्न नमान्दा शेखबाट कुटिएका थिए ।

वडा अध्यक्ष शेखले माटो पटान भएको खेल मैदानमा नाप जाँच नै नगरि सम्झौता बराबरको रकम बमोजिम प्राविधिक प्रतिवेदन तयार गर्न दबाव दिएको र नापजाँच नगरि प्रतिवेदन तयार गर्न नमान्दा धामीमाथि अस्लिल गाली गर्दै मुक्का प्रहार भएको थियो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ०३ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९