७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा प्राचीन स्मारक सहित तिलोत्तमाका २ जना सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्राचीन स्मारक बुद्धको मुर्ति सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगन्जबाट प्राचीन स्मारक बुद्धको मुर्ति सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तमा ११ बस्ने ५० वर्षिय खिम बहादुर कुँवर, सोही स्थानका ५० वर्षिय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका वडा न. १५ बस्ने ५८ वर्षिय निम बहादुर कुँवर रहेका छन् ।

प्रहरीका अनुसार राप्तीसोनारी ८ ढकेरीको सडकखण्डमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुमध्य खिमबहादुरले पछाडी बोकेको खैरो रङको झोला खोली हेर्दा ओमनमः शिवायः लेखिएको तुल (रुमाल) मा बेरी लुकाई राखिएको पिँधको गोलाई १ फिट ६ ईन्च , पिध देखि शिरको टुप्पो सम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेंलो रङ्गको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने बुद्धको मुर्ति फेला परेको प्रहरीले जनाएको छ । सोही झोलाबाट ८ ईन्च लम्बाई कटर थान १, ८ ईन्च लम्बाई भएको पिलास थान १, ८ ईन्च लम्बाई भएको फलामको रेति थान १, र भारतिय सिमकार्ड १ थान बरामद भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ३१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज