९ पुस २०८२, बुधबार | December 24, 2025

महानगरमा विपी, मदनको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र वडा अध्यक्षहरुबीच विवाद बढिरहेको छ । मेयर बालेनले अगाडी सारेका कैयौं काममा वडा अध्यक्षले विरोध शुरु गरेपछि यसको असर नगर सभामा समेत देखिएको छ ।

मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।

उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र मदन को नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 

एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : ०८ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका