२० माघ २०८२, मंगलबार | February 3, 2026

‘संविधान परिमार्जनको बहस आवश्यक र उपयुक्त’



काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाले राज्य र संविधान भनेको निरन्तरता मात्र नभई गतिशीलता भएकाले यसको कार्यान्वयनसँगै आर्थिक र राजनीतिक पाटो सबल हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

संसद् दिवसका अवसरमा संसदीय अध्ययन तथा विकास संस्थापनाद्वारा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयन पनुरावलोकनको सन्दर्भ’ विषयक अन्तरक्रियामा पूर्वसभामुख ढुङ्गानाले राज्य भनेकै जनतालाई सन्तुष्ट पार्ने संयन्त्र भएको बताए । उनले भने, “राज्यप्रति जनता त्यसै बफादार हुन्नन्, जबसम्म उनीहरुको आवश्यकता हामीले पूरा गर्न सक्दैनौँ । संविधान गतिशील, उद्देश्यमूलक र निरन्तर हुनुपर्छ ।”

पूर्वराजदूत दीपकुमार उपाध्यायले संविधान कार्यान्वयनका क्रममा देखिएका कमी कमजोरी के कस्ता छन र कुन कुन कुरा संशोधन गर्ने भन्ने निक्र्यौल गर्न एउटा मञ्च आवश्यक रहेको बताए ।

संविधानविद् राधेश्याम अधिकारीले सङ्घीयता ठूलो चापमा परेकाले संविधानको विकास क्रमलाई दिगो बनाउन सबैको जोडबल आवश्यक रहेको बताए । समानुपातिक र समावेशी सिद्धान्त संविधानको मुटु भएको बताउँदै उनले वर्तमान संविधानमा यसप्रतिको राजनीतिक महत्व र अर्थ ठूलो रहेको धारणा राखे ।

संविधानविद् रामनारायण विडारीले वर्तमान संविधानलाई दीर्घजीवी तुल्याउन पुनरावलोकन र परिमार्जनको बहस आवश्यक तथा उपयुक्त भएको बताए । उनले संविधानमाथि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबाटै कोपर्ने काम भएकाले संविधान संशोधन गर्न उपयुक्त समय भएकाले सबै पक्ष त्यसका लागि तयार हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक सन्तोष परियारले संविधानमा उल्लेख भएका मौलिक हक सुरक्षित गर्न नसकिएका बेला संविधानका विषयमा उठेको बहसलाई ठीक ठाउँबाट अघि बढाउन सुझाव दिए ।

संविधानविद् चन्द्रकान्त ज्ञवालीले संविधान जति संशोधन गर्दै लगियो त्यति नै गतिशील र दीर्घजीवी हुने तर्क गरे । उनले भने, “भोट हाल्ने अधिकार दिएर मात्र जनता बलिया हुँदैनन्, सरकार संसद्प्रति, सांसद जनताप्रति उत्तरदायी हुनुपर्छ, त्यो भएको देखिन्न ।” उनले संविधानको पुनरावलोकन आवश्यक रहेकाले संशोधन गर्ने बेला भएको विचार प्रकट गरे ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १० : ४४ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले

जनवरीमा मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि

मुस्ताङ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि