२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार रिसाललाई



काठमाडौं । रु एक लाख पुरस्कार राशीको ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा आज पत्रकार रिसालसँगै सातवटा विविध क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई पुरस्कृत गरिएको छ ।

स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासतर्फ अमर सुनार, खानेपानी तथा सरसफाइतर्फ तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा वसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरतातर्फ विद्या राई, रोग रोकथाम तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टङ्क पन्तलाई ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरिएको हो । पुरस्कृत हुनेले जनही रु ५१ हजार प्राप्त गरेका छन् ।

रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र धोजु, अवार्ड समितिका निमित्त अध्यक्ष वरिष्ठ पत्रकार नम्रता शर्माको अध्यक्षतामा पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार