४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड



काठमाडौं । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन ।

संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका छन ।

संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएका छन । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ ।

मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन ।

संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ५५ बजे

Your email address will not be published.

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पा । पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु

प्रधानमन्त्रीको भारत भ्रमणको तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तालिका सार्वजनिक भएको

धादिङको रुबीभ्यालीमा सडक दुर्घटना; एकको मृत्यु, नौ जना घाइते

धादिङ । रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा

द्विपक्षीय हित र सम्बन्ध विस्तारमा प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित गर्न पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई

सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको