१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

ब्यवसायीलाई सेवा सुविधा शुन्य, खजुरा गाउँपालिकाले दर्ता गर्न बाध्य पारेको ब्यवसायीको गुनासो



खजुरा । बाँकेको खजुराका ब्यवसायीहरुले स्थानीय तहमा व्यवसाय दर्ता गर्न स्थानीयतहबाट ब्यवसायी दर्ता गर्दा पाउने सुबिधाको सुनिश्चितता दिनु पर्ने बताएका छन् । खजुरा गाउँपालिकाका कर्मचारीहरु संबिधान र कानुन देखाउँदै अनिवार्य ब्यवसायी दर्ता गर्न सूचना गर्दै हिँडेपछि ब्यवसायीहरुले स्थानीय पालिकाले व्यवसायीले महसुस हुने गरि कार्यक्रम ल्याउनु पर्ने बताएका हुन् ।

स्थानीय पालिकामा ब्यवसायी दर्ता गर्दा ब्यवसायीले पाउने सुबिधा, पालिकाबाट हुने संरक्षण र व्यवसाय प्रवद्र्धनमा स्थानीय तहको भुमिका देखिनुपर्ने बताए । उनीहरुले एउटै ब्यवसायी बाणिज्य कार्यालय, आन्तरिक राजश्व, घरेलु जस्ता बिभिन्न स्थानमा दर्ता गर्नु पर्ने निती परिवर्तन गर्नु पर्ने समेत बताए ।

खजुरा उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र रानाभाटले खजुरा गाउँपालिकाले समान्य आवश्यक सामान किन्न समेत खजुराको ब्यवसायीबाट नकिनेर नेपालगन्ज जाने गरेको बताए । ब्यवसायी क्षेत्रको फोहर व्यवस्थापन, खजुरालाई ब्यवसायी केन्द्र बनाउन विशेष कार्यक्रम, उपभोक्ता र उत्पादकबीचको जमघटको वातावरण जस्ता कामहरु पालिकाले गर्न सके व्यवसायी स्व-स्फुर्त पालिकामा दर्ता गर्न जाने अध्यक्ष रानाभाटले बताए ।

खजुराको मुख्य बजार र सहायक बजारहरुमा फोहर मैलाको व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र दुर्गन्धित र फोहरको दुङ्गुरले अस्त ब्यस्त बनेको छ । फोहर व्यवस्थापनका लागि भन्दै पालिकाले एक वर्ष अघि किनेको ट्याक्टर फोहर व्यवस्थापनमा प्रयोग नगरेर पालिकाले दैनीक भाडामा दिने गरेको छ ।

खजुराको मुख्य ब्यवसायीक केन्द्र खजुरा बजार र १ नम्बर बजारको बीचमा पर्ने पेँडारी नालाको फोहरले पालिकाको सुशासनको परिचय दिएको खजुराका व्यवसायी राधा ढकालले बताइन् । उनले सामान्य फोहर उठाउन समेत पहल नगर्ने पालिकाले दर्ता गर्न बाध्य पार्न नहुने समेत बताइन् ।

दर्ता गर्न आह्वान गर्ने पालिकाले ब्यवसायीको सुरक्षाको समेत व्यवस्था गर्नु पर्ने अर्का व्यवसायी रोशन सापकोटाले बताए । उनले कानुनीरुपमा बाध्य पारेर भन्दा उद्योगी ब्यापारीलाई खुसी बनाएर दर्ता गर्न जाने वातावरण बनाउनु पर्ने बताए ।

खजुरा गाउपालिकामा खजुरा बजार, १ नम्बर बजार, रिमझिम चोक, सिमलघारी मुख्य ब्यवसायिक केन्द्रकारुपमा रहेका छन् । पालिकाले आर्थिक वर्ष सकिनै लाग्दा ब्यवसाय दर्ताका लागि दबाव बढाएको छ । घरदैलो, अभिमुखिकरण, प्रचारप्रशार गरेर पालिकाले ब्यवसायीहरुलाई स्थानीय पालिकामा ब्यवसाय दर्ता गर्न ताकेता गर्दै आएको छ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले भने आगामी आर्थिक वर्षबाट फोहर व्यवस्थापनको काम सुरु हुने बताए । उनले ब्यवसायीलाई सुविधा दिन नसकिएको स्वीकार गर्दै पालिकाले दिने सेवा र सुविधा दिन पालिका तयार रहेको बताए ।

पालिकाले फोहर व्यवस्थापनका लागि भन्दै ट्याक्टर खरिद गरेपनि फोहर व्यवस्थापनको कार्यबिधि बनाउन नसक्दा कार्यान्वयनमा नआएको पालिकाले जनाएको छ । पालिकाले अहिले सम्म फोहर व्यवस्थापनको बिसर्जन क्षेत्र समेत पहिचान गर्न सकेको छैन ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १२ : ४३ बजे

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ