१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले विपद्को शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताए ।

उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिए । संयोजक सिंहका अनुसार विपद् दुर्घटना बीमामा नगरभित्रका सबै घरको बीमा गरिने छ ।

जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने जनाइएको छ । उनले त्यसका लागि झन्डै तीन सय घरधुरी सर्भेक्षण गरिसकिएको उल्लेख गरे ।

उपमहानगरपालिकाले रु १५ लाखसम्मको बीमा गरिदिने र रु १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा रु १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाइ छ ।

रु १५ लाखको बीमा गर्दा रु पाँच सय ८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगन्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिए ।

नेपालगन्जका वडा नं ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसैको पहलमा सो काम भइरहेको हो ।

सुपरका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको वडा नं ३ र ७ मा भवनको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती भएकाले घर जीर्ण भएकाले त्यहीँबाट काम अगाडि बढाइएको बताए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १ : २९ बजे

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको

देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०