१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

एमाले र कांग्रेसबीच सत्ता सहकार्यको सहमति, ओली-देउवा आलोपालो प्रधानमन्त्री बन्ने

एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय



काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । गए राति एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको हो ।

शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेका एक नेताले जानकारी दिए ।

सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।

मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ। सत्ता सहकार्यसँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति गरेका हुन् । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गरेका छैनन् । सहमतिको मस्यौदामा सहभागी नेताका अनुसार मंगलबार सहमतिको औपचारिक पत्र सार्वजनिक हुनेछ ।

ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवास छिरेका थिए । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका नेता पनि राखेर राष्ट«पति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : ४४ बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,