२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले



काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ ।

एमालेको सचिवालय बैठकपछि निर्णय बारे जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि आफुहरुले अहिलेको गठबन्धनको विकल्प खोजेको दाबी गरेका छन् ।

ज्ञवालीले एमाले यहि गठबन्धनलाई अगाडी बढाउन प्रतिबद्ध रहेपनि यस पटक प्रचण्डले फेरी कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको सूचना आफुहरुले पाएपछि मात्र यो कदम चालेको बताएका छन् ।

उनले भने- ‘बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो । उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ ।’

साथै ज्ञवालीले कांग्रेसले माओवादीसँग सरकार बनाउन तयार नभएको भन्दै एमालेसँग मिलेर जान प्रस्ताव गरेपछि कुरा अगाडी बढेको बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : ४८ बजे

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका