११ पुस २०८२, शुक्रबार | December 26, 2025

रास्वपा मन्त्रीहरु बालुवाटारमा, प्रधानमन्त्रीसँगको छलफल पछि मात्र राजीनामाबारे टुंगो लाग्ने



काठमाडौं । मन्त्री पदबाट राजीनामा दिने विषयमा रास्वपा भित्र फरक फरक धारणा सार्वजनिक भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आजै राजीनामा दिने बताएपनि अहिले रास्वपाका नेताहरु प्धानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका छन् ।

छलफलमा रहेका नेताहरुले भने प्रधानमन्त्रीसँगको छलफल पछि मात्र राजीनामा दिने नदिने टुँगोमा पुगिने बताएका छन् । यद्देपी प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले राजन्निमापत्र खल्टीमा हालेर गएको बताइएको छ ।

रास्वपाका मन्त्रीहरूको अहिले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग राजीनामा दिनेबारेमा छलफल जारी छ ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १० : ३८ बजे

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा