११ पुस २०८२, शुक्रबार | December 26, 2025

रास्वपा मन्त्रीहरु राजीनामा नबुझाई बालुवाटारबाट फर्के



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत लिन सघाउने भएका छन् । राजीनामा बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू बिश्वासको मत लिने बेला सम्म सघाउने मनस्थिती सहित राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा पत्र खल्तीमा हालेर पार्टी सभापति रबी लामिछाने सहितका मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका हुन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि रास्वपा राजीनामा नदिने निश्कर्षमा पुगेको हो ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १० : ५७ बजे

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा