१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

रास्वपा मन्त्रीहरु राजीनामा नबुझाई बालुवाटारबाट फर्के



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत लिन सघाउने भएका छन् । राजीनामा बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू बिश्वासको मत लिने बेला सम्म सघाउने मनस्थिती सहित राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा पत्र खल्तीमा हालेर पार्टी सभापति रबी लामिछाने सहितका मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका हुन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि रास्वपा राजीनामा नदिने निश्कर्षमा पुगेको हो ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १० : ५७ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका