२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलको सूचनापछि उच्च अदालत अगाडि बसेका घरटहरा धनीले अन्यत्र सार्न थाले आफ्ना सामान



बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बसेको बस्ती खाली गराउने काम सुरु गरिएको छ ।

उक्त जग्गा तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालय बुटवलको नाममा दर्ता भई सरकारको निर्णयअनुसार हाल उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार प्राप्त रहेको जनाइएको छ ।

साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७८१२६११३४) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घरटहरा हटाउने प्रक्रिया अघि बढाइएको हो ।

तस्वीर : पत्रकार सुमन अधिकारीको फेसबुकबाट साभार

बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङमार्फत सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनपछि आइतबार बिहानैदेखि त्यहाँ रहेका केही घरटहरा धनीहरूले आफ्ना सामान अन्यत्र सार्न थालेका छन् ।

उक्त क्षेत्रमा बुटवल बार एशोसिएसन, प्रदेश प्रमुखको कार्यालयलगायत विभिन्न संघसंस्थाका संरचनाहरू पनि रहेकाले ती संरचनाहरू सोही कित्ताभित्र पर्छन् वा पर्दैनन् भन्ने विषयमा यकिन गर्ने काम भइरहेको वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

यसअघि नै २०७० सालमा स्थानीय पत्रिकामार्फत उक्त सरकारी जग्गा खाली गराउन सूचना प्रकाशित गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन । सो क्षेत्रमा निर्माण गरिएका अधिकांश टहरा चिया पसल तथा रेष्टुरेन्टका रूपमा सञ्चालनमा रहेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ८ : ०५ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको