८ कार्तिक २०८३, आइतबार | October 25, 2026

बुटवलको सूचनापछि उच्च अदालत अगाडि बसेका घरटहरा धनीले अन्यत्र सार्न थाले आफ्ना सामान



बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बसेको बस्ती खाली गराउने काम सुरु गरिएको छ ।

उक्त जग्गा तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालय बुटवलको नाममा दर्ता भई सरकारको निर्णयअनुसार हाल उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार प्राप्त रहेको जनाइएको छ ।

साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७८१२६११३४) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घरटहरा हटाउने प्रक्रिया अघि बढाइएको हो ।

तस्वीर : पत्रकार सुमन अधिकारीको फेसबुकबाट साभार

बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङमार्फत सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनपछि आइतबार बिहानैदेखि त्यहाँ रहेका केही घरटहरा धनीहरूले आफ्ना सामान अन्यत्र सार्न थालेका छन् ।

उक्त क्षेत्रमा बुटवल बार एशोसिएसन, प्रदेश प्रमुखको कार्यालयलगायत विभिन्न संघसंस्थाका संरचनाहरू पनि रहेकाले ती संरचनाहरू सोही कित्ताभित्र पर्छन् वा पर्दैनन् भन्ने विषयमा यकिन गर्ने काम भइरहेको वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

यसअघि नै २०७० सालमा स्थानीय पत्रिकामार्फत उक्त सरकारी जग्गा खाली गराउन सूचना प्रकाशित गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन । सो क्षेत्रमा निर्माण गरिएका अधिकांश टहरा चिया पसल तथा रेष्टुरेन्टका रूपमा सञ्चालनमा रहेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ८ : ०५ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा