२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

देशभर वर्षा जारी, नारायणी, राप्ती र बागमती नदीको जल सतहले खतराको बिन्दु नाघ्यो



नेपालगन्ज । अबिरल परेको वर्षका कारण बागमती, नारायणी र पश्चिम राप्ती नदीले खतराको बिन्दु पार गरेको छ । साँझ ५ बजे पछि माफन गरिएको नदीको जल सतहमा तीनवटा नदीले खतराको बिन्दु पार गरेको हो ।

बागमती नदीमा आएको बाढीले साँझ ५ः२० बजेको समयमा ५ दशमलव १ मिटरको बिन्दु पार गरेको छ । मापन केन्द्रको खोकना केन्द्रका अनुसार बागमतीको बहाव घट्ने क्रममा रहेपनि नदी तटिय क्षेत्रमा स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

चितवन स्थित नारायणी नदीको बहाव निरन्तर बढ्दै गएपछि नारायणी तटिय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ । देवघाट स्थित नदी मापन केन्द्रका अनुसार ५ः२५ बजेको समयमा १० दशमलव १ मिटर मापन गरिएको छ । नारायणीको यो बिन्दु अत्यन्त खतराको बिन्दु हो । नदीको बहाव अझै बढ्ने क्रममा रहेको बताइएको छ ।

यता पश्चिम राप्तीको सहत पनि निरन्तर बढ्ने क्रममा रहेको छ । साँझ ५ः२० बजेको मापनमा राप्तीको जल सतह ८ दशमलव १ मिटर पुगेको छ । बिहान ५.७५ मिटर रहेको राप्ती अपरान्ह ७.९० मिटर पुगेको थियो भने नदीको बहाव अझै बढ्ने क्रममा रहेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ३९ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे