२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा



काठमाडौं । स्पेन युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो ।

स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए ।

यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ बर्षको उमेरमा युरोकपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

यो जितपछि स्पेन पाँचौं पटक युरोकपको फाइनलमा पुगेको छ । स्पेनले यस अघि तीन पटक युरोकपको उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ ।

त्यस्तै यो हारपछि फ्रान्सको युरोकप यात्रा भने समाप्त भएको छ ।

अब स्पेनले जुलाई १५ मा हुने फाइनल खेलमा नेदरल्याण्डस र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : ५५ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक