२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

प्रधानमन्त्री प्रचण्डले आज पाँचौं पटक विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन ।

२०७९ पुस १० गते पहिलो पटक नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले पाँचौपटक विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिन लागे पनि उनको प्रस्ताव भने पारित हुने देखिँदैन । प्रचण्डका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको ६३ सिट छ । विपक्षमा कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दल उभिएका छन् ।

यसअघि प्रचण्डले २०७९ पुस २६, २०७९ साल चैत ६, २०८० साल फागुन ३० र २०८१ साल जेठ ७ गते विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : १२ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित