१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौँ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा  भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र  गण्डकी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : १६ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक