९ श्रावण २०८३, शनिबार | July 25, 2026

संविधानको धारा ७६ (२) बमोजिम सरकार गठन गर्न राष्ट्रपतिको आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्।

राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्।

धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पदमुक्त भएका थिए।

राष्ट्रपति पौडेलले कानुनविदसँगको परामर्श पछि संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आव्हान गरेका छन्।

उपधारा २ मा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’

राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्मको समय दिएर सरकार गठनको दाबि पेश गर्न भनेका छन्

 

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ४५ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा