६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

हुण्डीको कारोबार गर्ने ४ जना २४ लाख ६२ हजार नगदसहित नेपालगन्जबाट पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले हुण्डी कारोबारमा लगानी गर्ने तयारी अवस्थामा राखिएको चौविस लाख रुपैयासहित चार जनालाई पक्राउ गरेको छ । हुण्डी कारोबारमा संलग्न रहेको र बरामद रकम सोही पैयोजनका लागि राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का राजेशभुजु श्रेष्ठ, वडा नं. ३ का सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका वडा नं. ७ का निमबहादुर बोहरा र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ७ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ बस्ने राहुल देवल रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित ताराकुमारी विसीको घरमा भाडामा रहेको नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिसन वर्कशप नामको टीभी फ्रिज मर्मत गर्ने पसलबाट चौविस लाख ६२ हजार तीन सय १५ रुपैया, हरहिसाव राखेको कपी एक थान, सानो नोट बुक एक थान, विभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरसमेत बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : २१ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध