१७ माघ २०८२, शनिबार | January 31, 2026

नेपालगन्जमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा भएको झडपका क्रममा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । गयराती १० बजेको समयमा नेपालगन्ज ११ टाङ्गा स्टेण्ड नजिकै भएको झडपका क्रममा खुकुरी प्रहारबाट घाईते भएका एकजनाको मृत्यु भएको हो ।

स्थानीयको जमघट भएको स्थानमा एक स्कुटर र एक मोटरसाईकलमा आएका २ जनाले बिभिन्न बिबाद निकाल्दै झगडा गरेको र सोही क्रममा भएको झडपमा उनीहरुले खुकुरी निकालेर प्रहार गर्न खोज्दा स्थानीय अन्दाजी ३८ वर्षिय इसाद कबडीयाको मृत्यु भएको स्थानीयले जनाएको छ ।

खुकुरी प्रहार गर्ने दुबै जना फरार भएका छन् । २ वटा साधनमा आएका उनीहरुले ल्याएको से ७ प ४२५३ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरेको छ । झडपमा संलग्न एकजना घाइतेको मेडिकल कलेजमा उपचार भइरहेको छ भने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट घाइते फैजान अन्सारीको उपचार भइरहेको र शंकर नेपालीलाई प्रहरी नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । बरामद मोटरसाइकल पनि चोरीको भएको प्रहरीको प्रारम्भीक अनुसनधानबाट खुलेको छ ।

लागु औषध सेवन गर्ने र बेच्ने समुहकाबीच झडप भएको डीएसपी डाँगीले बताए । फरार दुबैजनाको खोजी तिब्र पारिएको उनले बताए । मृतक कवडीया झडपमा छुट्याउन जानेक्रममा उनीमाथि खुकुरी प्रहार भएको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ०२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक