२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

ओलीको शपथ भोलि बिहान ११ बजे, राष्ट्रपति कार्यालयले पठायो संसद सचिवालयलाई निम्तो



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । उक्त अवधि आज साँझ ५ बजे सकिँदै छ । राष्ट्रपति पौडेलले आज साँझ ५ बजेपछि प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिएपछि अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । प्रधानमन्त्री नियुक्ति आज भएपनि शपथग्रहण भने सोमबार मात्रै हुने भएको छ । राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथको तयारी गरेको छ ।

राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्र पठाउँदै भोलि बिहान ११ बजे शपथ कार्यक्रम रहेको जानकारी दिएको छ । शपथको समयमा सबै सांसदहरुलाई ११ बजेअघि नै उपस्थितिको निम्तोसहित पत्र पठाइएको हो ।

सोमबार बिहान प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ गराउन कांग्रेस र एमाले मन्त्री छनौटको तयारीमा रहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राती नै प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । अहिले काँग्रेस-एमाले सरकारमा जाने मन्त्री चयनमा व्यस्त रहेका छन् । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने लगभग निश्चित रहेको छ । त्यस्तै रमेश लेखक, आरजु राणा लगायत मन्त्री बन्ने चर्चा रहेको छ । त्यस्तै एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा रहेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : ५० बजे

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको