५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ ग्रहरण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत एमाले कांग्रेसका सांसदहरु एवं नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । गत शुक्रबार असार २८ गते निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले सोही साँझ नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

ओलीले नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा आफुलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।

ओली योसहित चौंथो पटक प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ५३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता