२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अवैध सुन कारोबार गर्ने मुख्य योजनाकार पक्राउ



काठमाडौं । प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई आज अपराह्न काठमाडौँको चाबहिलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले २०८० भदौ २५ गते दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका बाबुलाल दोङलाई मुख्य योजनाकार योञ्जनले पठाएको नौ सय ६० ग्राम सुन भन्सार छलि मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । विमानस्थल बाहिर सडक पेटीमा हिँड्दै गरेको अवस्थामा दोङ पक्राउ परेका थिए ।

प्रहरीवृत्त गौशालाले जाँच गर्दा दोङले मलद्वारमा कालोटेपले बेरिएको दुई वटा लाम्चो र डल्लो सुन नौ सय ६० ग्राम फेला पारेको थियो । अनुसन्धानका क्रममा दोङले उक्त भन्सार छलीको सुन योञ्जनको भएको बयान दिएका थिए । सुनसहित दोङ पक्राउ परेपछि योञ्जन फरार रहेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १० : ०७ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष