१२ बैशाख २०८३, शनिबार | April 26, 2026

राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैन : सभापति लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

रास्वपाले आज आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा लामिछानेले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वायत्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्नेमा जोड दिए ।

रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तक्र्रियामा पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राखे। रास्वपाले कार्यकर्ता र भातृसंस्थाको भारी नबोक्ने स्पष्ट पार्दै उनले पार्टीभित्रै योगदान दिएका आधारमा नियुक्ति माग्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

क्रेडिट रेटिङ एजेन्सीबारे चर्चा गर्दै सभापति लामिछानेले रु ५० करोडभन्दा माथिको कर्जा रेटिङ गर्ने एजेन्सीहरुको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिए। “यी रेटिङ एजेन्सीलाई कसले हेर्ने ? त्यसको नियमन गर्ने निकाय को ? यस्ता एजेन्सीमा केही सीमित घराना हावी छन्”, उनले भने ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको उपसभापति स्वर्णीम वाग्लले विदेशी मुद्राको सञ्चितिको सदुपयोगमा गर्नुपर्नेमा जोड दिए । उनले वित्तीय नियमनलाई समयअनुकूल बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले आधुनिक विश्वमा डिजिटल मुद्रा जस्तै पैसाप्रतिको अवधारणा र यसको नियमनलाई नयाँ शिराबाट बहस हुनुपर्ने आवश्यकता औँल्याए । उनले केन्द्रीय बैंकको डिजिटल मुद्रा (सिबिडिसी)को भविष्यमा नेपालमा प्रयोगको सम्भावना र तयारीबारे समेत सचेत गराए ।

अन्तक्र्रियामा आउँदै गरेको मौद्रिक नीतिबारे बहस गरिएको थियो । अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, इक्रा नेपालका व्यापार प्रमुख वर्षा श्रेष्ठ र पूर्व बैंकर भुवनकुमार दाहाल सहभागी थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ५ : ५१ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा