१२ असार २०८३, शुक्रबार | June 26, 2026

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।

वर्तमान सरकारलाई समर्थन गरेको लोसापका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री हुनुहुन्छ । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने कार्यक्रम तय भएको छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ६ : ०२ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका