३ पुस २०८२, बिहिबार | December 18, 2025

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा



चितवन । विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ ।

निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ । कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माणस्थल छनोटमा ध्यान नपुगेको र काम अत्यन्तै ढिलो हुँदा समस्या भइरहेको बताए। सुरक्षाको काम गर्न नपाएको बताए । ले बाढीबाट जोगाउन थप सुरक्षा संरचनाको काम गर्न आवश्यक देखिएकाले नारायणी नदी व्यवस्थापन आयोजनालाई पत्राचार गरी तटबन्ध गरिदिन आग्रह गरिएको जानकारी दिए ।

बाढीले गृहको भूइातलामा एक दशमलव पाँच फिटसम्म पानी भरिएको र सोही तलामा शव जलाउने उपकरण राखिने भएकाले पानी पस्नबाट रोक्नुपर्ने जरूरी भएको थापाको भनाइ छ।

विसं २०७५ माघदेखि निर्माण सुरु भएको शवदाह गृह अझै सम्पन्न हुन सकेको छैन । विसं २०७७ साउनमा सम्पन्न गर्ने गरी मिलिनियम सिद्धगढी जेभि काठमाडौँसँग सम्झौता गरिएकामा हालसम्म ४५ प्रतिशत काम मात्रै भएको छ । शवदाह गृह रु ११ करोड २१ लाख आठ हजारमा ठेक्का लगाइएको थियो । चारपटक मिति थप गरेर ताकेता गर्दासमेत गर्दा काम द्रुतगतिमा अगाडि नबढ्दा समस्या भएको कार्यालय प्रमुख थापाको भनाइ छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल केही दिन अघि आएको बाढीले गृहको सुरक्षाका लागि बनाइएको बाँध ढल्ने अवस्थामा रहेकाले तत्काल सुरक्षाको काम गर्नुपर्ने बताए। देवघाटमा हाल दैनिक आठदेखि १० वटा शव ल्याइने गरेको र हिउँदमा यो सङ्ख्या बढी हुने गरेको बरालले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका