६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा



काठमाडौं । नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण भएको उक्त पेट्रोल पम्पको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

पचास हजार लिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउनेछन् । सेनाले कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसन सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नाका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्यसहित ती फ्युल स्टेसन सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय जनप्रतिनिधि, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिको उपस्थिति थियो । यसैबीच, प्रधानसेनापति शर्माले आज काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवासगृहको समेत उद्घाटन गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : १७ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस