२९ मंसिर २०८२, सोमबार | December 15, 2025

शनिबार साँझ केहीबेर देशैभर निभ्यो बिजुली



काठमाडौं । शनिबार साँझ देशभरको विद्युत वितरण प्रणाली केहीबेर अवरुद्ध भएको छ । बिराटनगर बाहेक काठमाडौंसहित देशको अधिकांश ठाउँमा केहीबेर विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ।

ढल्केबर हेटौंडा प्रशारण लाइन नबनेका कारण र लालबन्दीमा तार फेर्न नपाएका कारण विद्युत अवरुद्ध हुन पुगेको प्रवक्ता घोषले जानकारी दिए ।

ढल्केबर इनरुवा ४०० केभी प्रशारण लाइन चालु अवस्थामा रहेका कारण पूर्व क्षेत्रमा विद्युत आपूर्तिमा समस्या नरहेको उनले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : ५७ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष