१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्षसमेत रहेका पौडेलले राज्यका निकायमा चार्टर्ड एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री पौडेलले देशमा देखिएको आर्थिक समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्दै भने, “देशमा जे–जस्ता आर्थिक समस्या देखिएका छन्, ती समस्या समाधान गर्दै आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न हामी लागिपर्छौँ ।”

आर्थिक क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले सार्थक प्रयास गर्ने विश्वास दिलाउँदै अर्थमन्त्री पौडेलले आगामी दिनमा आर्थिक क्षेत्र सकारात्मक दिशामा आगाडि बढ्ने बताए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतले मुलुकको पछिल्लो आर्थिक अवस्था र चार्टर्ड एकाउन्टेन्टहरूले आफ्ना जिम्मेवारी व्यावसायिक तवरले निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : ०७ बजे

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई