२३ श्रावण २०८३, शनिबार | August 8, 2026

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । माओवादी केन्द्रसँगको समिकरण भत्काएर कांग्रेससँग गठबन्धन गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले विश्वासको मत प्राप्त गरेका हुन् ।

विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा २६३ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा १८८ मत परेको छ भने बिश्वासको मतको विपक्षमा ७४ मत परेको छ । १ जना सांसद तटस्थ बसेको सभामुख देवराज घिमिरेले बताए ।

ओलीलाई एमाले, नेपाली कांग्रेस, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नाउपा लगायतका दलले मत दिएका छन् भने माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राजमो, नेमकिपा लगायतका दलले विश्वासको मतको विपक्षमा मतदान गरे ।

 

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ४३ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै