१२ पुस २०८२, शनिबार | December 28, 2025

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । माओवादी केन्द्रसँगको समिकरण भत्काएर कांग्रेससँग गठबन्धन गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले विश्वासको मत प्राप्त गरेका हुन् ।

विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा २६३ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा १८८ मत परेको छ भने बिश्वासको मतको विपक्षमा ७४ मत परेको छ । १ जना सांसद तटस्थ बसेको सभामुख देवराज घिमिरेले बताए ।

ओलीलाई एमाले, नेपाली कांग्रेस, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नाउपा लगायतका दलले मत दिएका छन् भने माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राजमो, नेमकिपा लगायतका दलले विश्वासको मतको विपक्षमा मतदान गरे ।

 

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ४३ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका