२१ माघ २०८२, बुधबार | February 4, 2026

नयाँ सरकार गठनमा लुम्बिनीमा एमालेको विवाद छताछुल्ल



नेपालगन्ज । माओवादी संसदीयदलका  नेता एवं मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि बन्दै गरेको लुम्बिनी प्रदेश सरकारको गठन प्रक्रियामा नेकपा एमालेभित्रको विवाद छताछुल्ल भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष पेश भएको दाबी पत्रमा अनाधिकृत संसदीय दलको उपनेताले हस्ताक्षर गरेसँगै एमालेको विवाद छताछुल्ल भएको हो ।

पार्टीले मुख्यमन्त्रीमा जस्को नाम सिफारिस गर्नु पर्ने भएपनि प्रदेश प्रमुख समक्ष प्रस्तुत पत्रमा संसदीयदलको नेताको हस्ताक्षर हुनुपर्नेमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेश भएको दाबी पत्रमा एमाले प्रदेश संसदीयदलका उपनेता चेतनारायण आचार्यले आफुलाई नियुक्त गर्न आफैले हस्ताक्षर गरेर दाबी पेश परेका छन् । कांग्रेस संसदीयदलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीयदलका उपनेता आचार्यले हस्ताक्षर गरेको दाबी पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छ ।

सामान्यतयाः पार्टीको निर्णय बमोजिम कहिँकतै पत्राचार गर्ने अधिकार संसदीयदलका नेताको हुने गर्दछ । संसदीयदलका नेता वा उनले ताकेको प्रतिनिधिबाट पत्रमा हस्ताक्षर हुने सर्वमान्य सिद्धान्त विपरित लुम्बिनी प्रदेशमा दलका उपनेता आचार्यले आफुलाई मुख्यमन्त्री नियुक्त गर्न पठाइएको पत्रमा आफैले हस्ताक्षर गरेका छन् ।

त्यसो त आज बिहान सम्म पनि लुम्बिनीमा पार्टी संसदीयदलका नेता लिला गिरी नै मुख्यमन्त्रीमा नियुक्त हुने निश्चित जस्तै थियो । पत्र समेत लिला गिरीको नाममा बनिसकेको अवस्थामा एमाले महासचिव शंकर पोखरेलले सिधै फोन गरेर आचार्यलाई मुख्यमन्त्रीका लागि पठाउन आदेश दिएपछि पत्र परिवर्तन भएको बताइएको छ । सो सम्बन्धमा नेता गिरीले समेत पार्टी अध्यक्ष केपी ओलीलाई फोन गर्दा ‘यसपाली यस्तै भो’ भन्ने जवाफ आएको बताइएको छ ।

एकाएक मुख्यमन्त्रीको नाम परिवर्तन हुने भएपछि लुम्बिनी प्रदेशमा एमाले कार्यकर्ताहरुबाट सामाजिक सञ्जालमा असन्तुस्टी पोख्न थालेका छन् । उनीहरुले लिला गिरी अर्थमन्त्री विष्णुप्रसाद पौडेल निकट भएकै कारण नाम काटिएको भन्दै पौडेल विरुद्ध खनिएका छन् ।

‘कमरेड विष्णु पौडेल तपाईंसँग नाम जोडिएकै कारणले लुम्बिनीमा संसदीय दलका नेतालाई ‘स्याक’ गरियो। आफूसँग नाम जोडिएका कार्यकर्ताहरूको कत्लेआम हुँदा कहिलेसम्म टुलुटुलु हेरेर बस्ने हो ? एमाले रुपन्देहीका कार्यकर्ता देवराज पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘लुम्बिनी प्रदेशको राजधानी त बिगार्यौ अब राजनीति पनि बाँकी नराख, पावर स्थायी हुँदैन ख्याल रहोस्,’ एमाले बुटवल उपमहानगरका सचिवालय सदस्य यादव भण्डारीले पौडेल प्रति लक्षित गर्दै लेखेका छन् । एक जना कार्यकर्ताले भने- ‘जनताका काममा र पार्टीमा इमानदार भएर होइन गुटमा इमानदार भए अवसर पाइन्छ’ ।

खबरकुरासँग कुरा गर्दै एमाले पोलिथब्यूरो सदस्य समेत रहेका संसदीयदलका नेता गिरीले यस विषयमा न्याय र अन्यायको विषयमा पार्टीले अवश्य सोँच्ने बताए । उनले प्रदेश प्रमुख समक्ष पुगेको पत्रमा ‘उपनेताले नै हस्ताक्षर गरे होलान्’ भन्दै अनविज्ञता प्रकट गरे । उनले यस विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको पनि बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ०९ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक