५ चैत्र २०८२, बिहिबार | March 19, 2026

क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक



चितवन । चीन सरकारको सहयोगमा यहाँ निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् ।

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. देजकुमार गौतम सन् २००५ देखि चिनियाँ चिकित्सक टोली यहाँ आउन थालेको बताउँछन् । विगतमा प्रत्येक दुई–दुई वर्षमा १५ जनाको चिकित्सक टोली आउने गरेकामा पछिल्लो पाँच वर्षदेखि बर्सेनि नयाँ टोली आउने गरेको गौतमले जानकारी दिए ।

टोलीमा १५ जना फरक–फरक विधाका चिकित्सक, एकजना भान्से र एकजना भाषा मध्यस्थताकर्ता गरी १७ जनाको टोली आउने गर्दछ । उनीहरूले चिनियाँ परम्परागत उपचार पद्धतिबाट पनि यहाँ सेवा दिने गरेको डा गौतम बताउँछन्। उनले भने, “चिनियाँ परम्परागत एक्युपञ्चर, एक्युप्रेसर, फिजियोथेरापीलगायत सेवा चिनियाँ चिकित्सकले दिने गर्नुभएको छ ।”

क्यान्सर अस्पताल स्थापना हुँदा नेपालमा क्यान्सर रोग विशेषज्ञ नभएको अवस्थामा चिनियाँ चिकित्सक आएर यहाँका चिकित्सकलाई क्यान्सर रोगको उपचारबाट ज्ञान र सीप प्रदान गर्ने गरेको डा गौतमको भनाइ छ । उनले भने, “यहाँ क्यान्सर रोगको विशेषज्ञ चिकित्सक थिएनन्, अन्य चिकित्सकलाई चिनियाँ क्यान्सर रोग विशेषज्ञले सिकाउनुपर्ने अवस्था थियो ।”

अहिले दुवै देशका चिकित्सकले ज्ञान र सीप आदान प्रदान गर्ने अवस्था छ । पन्ध्रौँ टोलीमा पछिल्लो एक वर्षदेखि नाक, कान, घाँटी (इएनटी) विभागमा कार्यरत चिनियाँ डा हान साङ्जी नेपालमा ‘एड्भान्स स्टेज’मा आउने बिरामीको उपचारबारे आफूहरूले ज्ञान हासिल गरेको बताउँछन.। साङ्गजीले भने, “चीनमा क्यान्सरको पहिलो–दोस्रो चरणमा बिरामी अस्पताल आउँछन्, यहाँ तेस्रो–चौथो स्टेज पुगेपछि मात्रै धेरैजसो बिरामी अस्पताल आउने गरेको पाइयो ।”

उनले भने, “थोरै साधन स्रोतमा जटिल प्रकृतिको उपचार कसरी गर्ने भन्नेबारेमा यहाँबाट सिक्ने अवसर पाइयो ।” नेपालमा विभिन्न अस्पतालमा चाहार्दै क्यान्सर अस्पतालमा बिरामी आइपुग्दा ढिला हुने गरेको उनको अनुभव छ । उनका अनुसार यहाँका क्यान्सरका बिरामी गाउँका स्वास्थ्यचौकी अन्य अस्पताल हुँदै क्यान्सर अस्पतालसम्म आउन धेरै ढिलो भइसक्छ ।

नेपालमा धेरै सम्मान पाएको बताउँदै बी चुइनले नेपाल आउँदा सुरुका दिनमा केही कठिन भए पनि विस्तारै सहज भएको बताए । उनले भने, “यहाँका डाक्टर, कर्मचारी सहयोगी छन् ।”

पन्ध्रौँ टोलीका अर्थोपेडिक सर्जन डा बी चुइन चाङ नेपाली चिकित्सकसँग छलफल गरेर उपचार गर्ने गरेको बताउँछन.। नेपालका अन्य अस्पतालमा आधा उपचार गरेर क्यान्सरका बिरामी पठाउने गरेको उनले बताए । उनले भने, “क्यान्सरका बिरामी अन्य अस्पताल पुग्छन्, त्यहाँ आधा उपचार हुन्छ, बल्ल क्यान्सर अस्पताल आउँछन् ।” नेपालका अन्य चिकित्सकलाई पनि क्यान्सर रोगबारे सिकाउनुपर्ने उनको सुझाव छ ।

नेपालमा अझै पनि प्रविधि र सीपको अभाव रहेको डा चुइनको अनुभव छ । नेपालमा ‘इम्प्लान्ट र थ्रिडी कम्प्युटराइज’ प्रविधि भित्र्याउन सके उपचारमा सहज हुने बताए । उनले नेपालमा ‘बायो इन्जिनियरिङ’को पनि अभाव रहेको औँल्याए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ११ : ०८ बजे

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको