७ चैत्र २०८२, शनिबार | March 22, 2026

बाँकेमा एक लाख १० हजार वृक्षरोपण



नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीका अनुसार एक हेक्टर जमिनमा एक हजार छ सय बिरुवाका दरले वृक्षरोपण गरिएको हो । कृषि वन तथा बृहत्तर हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत गौरी सामुदायिक वन क्षेत्रको चार, जलहन सामुदायिक वन क्षेत्रको २२, जलनधारा सामुदायिक वन क्षेत्रको ११, भुवर भवानी सामुदायिक वन क्षेत्रको तीन दशमलव ८१ र सिद्धेश्वर सामुदायिक वनक्षेत्रको सात दशमलव ५३ गरी ४७ दशमलव ३४ हेक्टर खाली जमिनमा उक्त बिरुवा लगाइएको वन अधिकृत शाहीले जानकारी दिए ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी मितेरी सामुदायिक वनको ११ हेक्टर र समय भवानी सामुदायिक वनको पाँच हेक्टर गरी १६ हेक्टर जग्गामा वृक्षरोपण गरिएको बताए ।

उनका अनुसार वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पोखरा माता सामुदायिक वन क्षेत्रको १३ हेक्टर खाली जमिनमा तारबार गरिएको र पाँच हेक्टर जमिनमा वृक्षरोपण गरिएको छ । उक्त खाली जमिनमा खयर, असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राज वृक्षलगायतका बिरुवा लगाइएको रोकाले बताए ।

सूचना अधिकारी रोकाले ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार वृक्षरोपण तथा तारबार गर्न ६९ लाख ८० हजार खर्च भएको जानकारी दिए । डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगरलगायतका खाली क्षेत्रको पहिचान गरी वृक्षरोपण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार बिरुवा रोपिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ०९ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा