३० चैत्र २०८२, सोमबार | April 13, 2026

प्रभु बैंक र टिस्टुङ्ग रिसोर्ट बीच छुट सम्झौता



काठमाडौ । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणा द्धारा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

मकवानपुर जिल्ला बागमति प्रदेशको मूख्य केन्द्रविन्दु तथा वागमति प्रदेशको राजधानी समेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उरी भेगमा अवस्थित रहेको छ भने काठमाण्डौ उपत्यकाबाट दणिक्ष पश्चिमको भाग सँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाईमा रहेको छ ।

इन्द्र सरोवर (कुलेखानी), बज्रबाराही मन्दीर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तब्य स्थल हुन भने कृषि पेशा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउजी, बन्दा, मुला, स्कूस, जस्ता यहाँका कृषि उत्पादन काठमाण्डौ सम्म विक्री वितरण हुने गर्दछ । आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँ सितलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन । विशेष गरि गर्मि याममा गर्मि छल्नका लागि बढी पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

चारैतिर जङ्गल अनि हरियाली बीचमा इन्द्र सरोबर (कुलेखानी) अनि अग्लो डाँडामा शिरशिर बतास चल्दा यहाँ पुगेपछिको आनन्द नै बेग्लै हुने गर्दछ । अझ त्यहाँको मनमोहक दृश्य क्यामेरामा कैद गर्दाको क्षणको त व्याख्या जति गरे पनि कमि नै महसुश हुने गर्दछ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : १४ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ