१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

लुम्बिनी सरकारमा जाने एमाले मन्त्री छानेर काठमाडौंबाट फर्किए मुख्यमन्त्री

कांग्रेसले टुंगो लगायो ५ मन्त्रीको नाम



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रदेश सरकारमा एमाले तर्फबाट मन्त्रीहुनेहरुको नाम टुंगो लगाएर काठमाडौंबाट बुटवल फर्केका छन् । मन्त्री छान्न नसकेपछि शीर्ष नेता भेट्न काठमाडौं पुगेका मुख्यमन्त्री आचार्य महासचिव शंकर पोखरेलको निर्देशनमा ४ मन्त्रीको नाम टुंगो लगाएर बुटवल फर्केका हुन् ।

महरा सरकारको मन्त्रिपरिषदमा रहेका २ जनालाई ‘रिङआउट’ गर्दै ४ जना मन्त्रीको नाम टुंगो लगाएर आचार्य फर्केका हुन् । मुख्यमन्त्री आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथसँगै एमालेका ४ मन्त्रीले पनि सपथ ग्रहण गर्नेछन् । एमालेबाट भोलि रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।

आचार्यको मन्त्री परिषदमा यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी रहेका छन् । महरा मन्त्रिपरिषदमा एमाले मन्त्रीहरु रत्न खत्री र अर्जुन केसी भने ‘रिङआउट’ भएका छन् । अर्जुनलाई अर्थमन्त्री बिष्णु पौडेल निकट रहेका कारण र खत्रीलाई अध्यक्ष केपी ओलीको निर्देशनमा ‘रिङआउट’ गरिएको एमाले स्रोतको दाबी छ । खत्री एमाले भित्रको १० भाई सदस्य निकटका स्थानीय नेता हुन् । खत्री हाल एमाले बाँकेमा उपाध्यक्ष छन् ।

एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश सरकारमा संसदीयदलको नेता बाहिरबाट सरकारको नेतृत्व छानिएपछि संसदीय पद्धति विपरित भएको भन्दै असन्तुष्टी जनाएका एमाले संसदीय दलका नेता लिला गिरीले पार्टी अध्यक्ष ओली समक्ष दलको नेताबाट राजीनामा दिने जनाउ दिएको पनि स्रोतले जनाएको छ । मुख्यमन्त्री आचार्यको सपथ लगत्तै राजीनामाको सूचना सार्वजनिक हुने स्रोतको दाबी छ । उनीसँगै सचेतक तुदसी चौधरीले पनि राजीनामा दिने निश्कर्षमा पुगेको बताइएको छ ।

उता लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले पनि ५ मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार राती कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिनाको नेतृत्वमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीका एक नेताले जनाएका छन् ।

कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ हुन् । मन्त्रीको टुंगो लगाउन देउवा निवास पुगेका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीपनि मुख्यमन्त्रीसंगै फर्केको बताइएको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ११ : ०८ बजे

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,