७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘चिनाब रेल ब्रिज’ले कश्मीरलाई अन्य भारतीय भूगोलसँगको निकटता सिर्जना गर्ने



रेअसी । अग्ला हिमालयको खोँचमा बनेको नयाँ रणनीतिक रेल चल्ने पुल (चिनाब रेल ब्रिज)को निर्माणले भारतलाई विवादित कश्मीरमा नियन्त्रण कायम गर्न र चीनबाट बढ्दो रणनीतिक खतराको सामना गर्न भारतीय भूगोललाई नजिक ल्याउन मद्दत गरेको बताइएको छ ।

बनावट र संरचनाका हिसाबले भिन्न मानिने ‘चिनाब पुल’लाई यसप्रकारको पुलमध्ये विश्वकै अग्लो पुलका रूपमा हेरिन्छ भने र अशान्त कश्मीर उपत्यकालाई पहिलो पटक रेलले विशाल भारतीय मैदानी भूभागसँग जोड्ने इन्जिनियरिङको उपलब्धिका रूपमा प्रशंसा गरिएको छ ।

पाँच लाखभन्दा बढी सैनिकको स्थायी बसोबास रहेको भारतीय सत्ताविरोधी इतिहास बोकेको यस क्षेत्रमा पुलको पूर्णताले सर्वसाधारणमा जति खुशी ल्याएको छ त्यति नै चिन्ता पनि पैदा गरेको स्थानीयको गुनासो रहेको छ ।

भारतीय सैन्य नेतृत्वका अनुसार पुलको निर्माणले नयाँ दिल्लीसँगको निकटता र रणनीतिक फाइदालाई टेवा प¥याएको छ ।

भारतको उत्तरी सैन्य कमाण्डका अवकाशप्राप्त पूर्व प्रमुख जनरल दीपेन्द्र सिंह हुड्डाले एएफपीसँग भने, “कश्मीर जाने रेल शान्ति र युद्धकालमा महत्वपूर्ण हुनेछ ।”

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित मुस्लिम बाहुल्य रहेको काश्मिरमा तिक्ततापूर्ण प्रतिद्वन्द्विता छ र आणविक शक्ति सम्पन्न छिमेकीहरूले यसलाई लिएर युद्ध लडेका छन् ।

विद्रोही केही समूहले उक्त क्षेत्रको स्वतन्त्रताको माग गरेका छन् त केहीले यसलाई पाकिस्तानमा गाभ्न माग गर्दै ३५ वर्ष लामो विद्रोहसमेत गर्दै आएका छन् ।

काश्मिर केन्द्रीय विश्वविद्यालयमा राजनीतिका प्राध्यापक नूर अहमद बाबाले भने, “नयाँ पुलले पहिलेको भन्दा ठूलो सङ्ख्यामा आउने र जाने सैनिकहरूको आवागमनलाई सहज बनाउनेछ ।” साथै यो पुलले सर्वसाधारण मानिस र सामानको आवागमनलाई पनि सहज बनाउने उनले बताए ।

यसले काश्मिरका केही मानिसहरूलाई असहज बनाएको छ । उनीहरूले पुलको सहज पहुँचले जमिन किन्न र बसोबास गर्न आउने बाहिरी मानिसहरूको सङ्ख्या बढ्ने विश्वास गर्छन् ।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि भूमिको स्वामित्वसम्बन्धी कडा नियम हटाइएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज