२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको खेलाडीको गुनासो



काठमाडौँ । पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको गुनासो गरेका छन् ।  फ्रान्सेली अखबार ‘एल इकाइप’का अनुसार खेलाडीले ओलम्पिक भिलेजमा खानेकुरा र पेय पदार्थसँग सम्बन्धित गुनासो गरेका छन् ।

मिडिया रिपोर्टमा ओलम्पिक प्रतियोगीहरूले बुधबार खानाको मात्रा, विशेष गरी अण्डा र ग्रिल गरिएको मासु पर्याप्त नभएको बताएको उल्लेख गरिएको छ ।

पेरिस ओलम्पिक भिलेजमा आधिकारिक खानपान साझेदार सोडेक्सो लाइभले निश्चित उत्पादनहरूको उच्च माग रहेको पुष्टि गरेको छ । खेलाडीको आवश्यकतालाई ध्यानमा राखेर परिमाण बढाइने उसले बताएको रिपोर्टमा उल्लेख छ ।

ओलम्पिक भिलेजमा ओलम्पिक र पारा ओलम्पिक प्रतियोगितामा हरेक दिन ४० हजारलाई खान खुवाउने गरेको छ ।

ओलम्पिकका लागि खाना र पेय पदार्थ आपूर्ति गर्ने क्यारेफोर समूहका प्रवक्ताले भने, ‘सुरुमा खाद्यवस्तुको मात्रा बढाउन निर्देशन दिइएको थियो । हामी यो मात्रा पूरा गर्न सक्षम छौं । विश्वभरका १५,००० खेलाडीका लागि खानाको व्यवस्था गर्नु ठूलो काम हो ।’

औपचारिक रुपमा शुक्रबारदेखि ओलम्पिक शुरु हुने भएपनि त्यस अघि नै बुधबारदेखि फुटबलसहित अन्य खेलहरु शुरु भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ९ : ४३ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३