२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक: कार्यदलको बैठक सिंहदरबारमा शुरु



काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ ।

कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ ।

त्यस्तै कार्यदलले आज अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १० : ३३ बजे

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा