३ मंसिर २०८३, बिहिबार | November 19, 2026

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै



काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ ।

यसअघि काठमाडौं उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । प्रमुख व्यापारिक नगरीका रूपमा परिचित बनेपामा गत असार १६ गते स्थापित कार्यालयले हालसम्म दुई हजार चार सयभन्दा बढीलाई सेवा प्रदान गरेको छ ।

स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको संख्या बढिरहेको कार्यालयका प्रशासन प्रमुख एवं सूचना अधिकारी पवन बजगाईंले बताए ।

उनका अनुसार हाल बनेपास्थित कार्यालयबाट ‘ब्लुबुक’ नवीकरण, रुट परमिट जारी र रुट परमिट नवीकरण, रुट परमिट पटके, पञ्जीकरण तथा सवारीसाधन करसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।

मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो । नयाँ सवारी चालक अनुमतिपत्रका लागि कार्यालयले ‘ट्रायल सेन्टर’ सञ्चालनका लागि निजी क्षेत्रसँग समन्वय गर्न प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

आवश्यक जनशक्ति व्यवस्थापन गरी सवारी प्रदूषण जाँचपास, सवारी चालक अनुमतिपत्र नवीकरणलगायत यातायातसम्बन्धी अन्य कार्य थालिने भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ०८ बजे

Your email address will not be published.

लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठ रोगको जोखिममा

नेपालगन्ज । लुम्बिनी प्रदेशको १० जिल्ला कुष्ठ रोगको जोखिममा रहेको

एनपीएल दोस्रो क्वालिफायर : चितवनले टस जित्यो, सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि

सडक अतिक्रमण खाली गर्न खजुरा गाउँपालिकाको १५ दिने सूचना, खाली नगरे ‘डोजर’ चल्ने

खजुरा । बाँकेको खजुरा गाउँपालिका खण्डमा पर्ने हुलाकी राजमार्ग खण्डको

लर्ड्समा नेपाल र बंगलादेशबीच ऐतिहासिक टी-२० प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुन ३

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज