२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

युट्युबलाई पत्रकारिताको धार समाउन सुझाव



काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन् ।

आज नयाँ दर्ता भएका सञ्चारमाध्यमलाई काउन्सिलले राखेको अभिमुखीकरण कार्यक्रममा उनले सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा युट्युबरलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरे ।

अध्यक्ष बस्नेतले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास तथा समृद्धिको यात्रामा योगदान गर्न नसकिनेतर्फ सबै सचेत हुनुपर्ने बताए । “देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ”, अध्यक्ष बस्नेतले भने, “देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ । समस्या देखाउने मात्र नभई समाधानका विकल्पसहित प्रश्न उठाउनुपर्छ ।” प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगत्सँग हातेमालो कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।

काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा दिँँदै आएको छ । आज स्रोत व्यक्तिका रूपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न सञ्चार निर्देशिका कसरी पालना गर्ने विषयमा सहजीकरण गरेकी थिइन् । अभिमुखीकरणमा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालले स्वच्छ र मर्यादित पत्रकारिताका लागि काउन्सिलले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति राखेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : ०२ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट