१७ माघ २०८२, शनिबार | February 1, 2026

साउने पन्ध्र (खिर खाने) पर्व मनाइँदै



महोत्तरी । आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

असार–साउन मासको धान रोपाइँमा हिलोमा काम गर्दा चिसोले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । यसपटक ठिक समयमा बीउ नहुनु र पानी नपुग्नुले किसानले अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् । साउन १५ अघि रोपाइँ सकिने पुरानो चलनअनुसार हिलो उतार्न साउने पन्ध्र पर्वको परम्परा चले पनि यसपालि धान रोप्न नपाइँदा किसानले खुसी मनले साउने पन्ध्र मनाउन पाएका छैनन् ।

“धानबालीका कुनै काम निश्चित तालिकाअनुसार गर्न सकिएन, कहिले बीउ तयार छैन, कहिले पानी छैन”, भङ्गाहा-४ का ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्छन, “परम्परा धान्न नै आज खिर खाने तयारी गरिँदैछ ।” जिल्लामा यसपालि रोपाइँ ५० प्रतिशत नाघेको छैन भने रोपिएको रोपो पनि पानी नपर्दा ओइलाएको छ ।

वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुसीले भन्दा परम्परा थेग्नमात्र साउने पन्ध्र पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ । पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा लाग्नुपरेको धेरैको भनाइ छ । पर्वका अवसरमा जिल्लाका बर्दिबास, गौशाला र औरहीका बजार क्षेत्रका दुग्ध पसलमा आज दूध लिनेको भीड छ ।

साउने पन्ध्र पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँ चेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा छ । जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरक्षेत्रका बजारमा दूधको माग निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : ०८ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले