२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

खजुराका स्थानीय सडकमा प्लास्टिकजन्य फोहर जलाउन बाध्य



खजुरा । प्रदूषण नियन्त्रण गर्न र पर्यावरण स्वच्छ राख्ने विश्व समुदायमा लगानी थपिँदै जाँदा बाँकेको खजुरामा भने स्थानीयले मुख्य सडकमा प्लास्टिकजन्य फोहर जलाएर पर्यावरण प्रदूषित बनाउन बाध्य छन् । सरसफाई र पर्यावरणमा स्थानीय सरकार उदाशिन बनेपछि स्थानीयबासी सडकमा प्यास्टिक जलाउन बाध्य बनेका हुन् ।

नगरउन्मुख गाउँपालिकाकारुपमा रहेको खजुरा गाउँपालिकाले फोहर व्यवस्थापनमा बेवास्ता गरेपछि खजुृराका बजार क्षेत्रमा संकलन हुने प्लास्टिकजन्य फोहर ब्यवसायीहरुले मुल सडक मै जलाउने गर्दछन् । पालिकाले फोहर ब्यवस्थापनमा कुनै चासो नदिएपछि संकलन भएको फोहर फाल्ने ठाउँ नपाएर जलाउन बाध्य हुनु परेको व्यवसायीहरुको भनाई छ ।

मंगलबार साँझ सडक किनारमा फोहर जलाउँदै गरेका खजुराका रोसन सापकोटाले पटक पटक फोहर व्यवस्थापनको माग गर्दा पनि पालिकाले वास्ता नगरेपछि जम्मा भएको प्लास्टिक जलाउनु परेको बताए । उनले बजार क्षेत्रमा व्यवसायीको पर्याप्त जग्गा नभएको र पालिकाले फोहर संकलनको व्यवस्था पनि नगरेका कारण फोहर जलाउनु परेको बताए । प्लास्टिक जलाउँदा वातावरणमा पर्ने प्रभावका बारे आफुलाई थाहा भएपनि बाध्य भएर जलाउनु परेको उनले बताए ।

खजुराका समाजसेवी एवं व्यवसायी दीपक ढकालले पालिकाले फोहर व्यवस्थान गर्न भन्दै ट्याक्टर खरिद गरेपनि परिचालन नगरेको बताए । ट्याक्टर पालिकाका पार्किङ गराएर व्यवसायीक क्षेत्र फोहरको दुङ्गुर जलाउन बाध्य पारिएको उनले बताए । व्यवसायीसँग कर लिएपछि पालिकाले सेवा दिनु पर्ने ढकालको भनाई छ ।

स्थानीय आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले खजुरा आसपास र हुलाकी सडक किनारमा थुप्रिएका फोहरले खजुराको सामाजिक पहिचानमा नकारात्मक सन्देश दिएको बताए । उनले फोहर व्यवस्थापनमा स्नानीय सरकार सहित स्थानीयबासी पनि सचेत बन्नु पर्ने बताउँदै उनले नागरिक र पालिकाको पहलमा फोहर व्यवस्थापन गर्नु पर्ने बताए ।

अघिल्लो आर्थिक वर्षमा खजुरा गाउँपालिकाले फोहर व्यवस्थापन गर्न भन्दै ट्याक्टर खरिद गरेको थियो । तर फोहर व्यवस्थापनका लागि खरिद गरिएको ट्याक्टर अहिले पालिकाले भाडामा लगाएर ढुवानीमा प्रयोग गर्ने गरेको छ । स्थानीय सरकारको हैसियत पाएको खजुरा गाउँपालिकाले स्थापनाको ७ वर्ष पुरा हुँदासम्म फोहर विसर्जन स्थलको खोजी गर्न सकेको छैन । खजुरामा तिब्र बजारिकण हुँदै गरेको खजुरा बजार, रिमझिम चोक र सिमलघारीमा नियमित फोहर जम्मा हुँदा त्यस आसपपासका क्षेत्र फोहर र दुर्गन्धित बनेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले अघिल्लो आवमा फोहर व्यवस्थापन कार्यान्वयनमा कमजोरी भएको स्वीकार गरे । उनले बजेट बिनियोजन भएर पनि कार्यान्वयन हुन नसकेको उनले बताए । उनले यस वर्ष योजनाबद्ध तरीकाबाट फोहर व्यवस्थापन गरिने जनाउँदै फोहर विसर्जनका लागि जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरसँग सहकार्यका लागि कुराकानी भइरहेको जानकारी दिए । अधिकृत रानाले योजनाबद्ध काम हुने बताएपनि पालिकाले अघिल्लै वर्षको हाराहारीमा मात्र बजेट बिनियोजन गरेको छ । अघिल्लो वर्ष फोहर व्यवस्थापन शिर्शकमा १६ लाख बजेट बिनियोजन गरिएको थियो ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ०९ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै