६ पुस २०८२, आइतबार | December 21, 2025

काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा



काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदै छ । उद्‌घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङकासँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल र श्रीलङका बीचको खेल दिउसो ३स् १५ बजे सुरु हुनेछ । बिहीबार नै भारत र इरान पनि ५:४५ बजेदेखि खेल्दै छन् ।

नेपाल टिमकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमा स्वर्ण पदकको लक्ष्य राखेको बताएकी छन् । बुधबार भएको प्रि-म्याच कन्फरेन्ससमा उनले दुई साता अघि भएको रसियन टिमसँगको मैत्रीपूर्ण खेलले टिममा सुधार आएको बताएकी छन् । मैत्रीपूर्ण खेलमा नेपाल रिसिभ र डिफेन्समा कमजोर देखिएको थियो ।

श्रीलङकाले विपक्षी बलिया भए पनि राम्रो तयार साथ नेपाल आएको बताएको छ । नेपालले पछिल्लो पटक सन २०२१ मा भएको सेन्ट्रल जोनमा श्रीलङकालाई पाँच सेटमा हराएको थियो । लिगमा मालदिभ्स पनि सहभागी छ । मालदिभ्सले आफ्नो पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १० : १८ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको