१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

लुम्बिनी प्रदेशमा मन्त्रीहरुले पाए जिम्मेवारी



बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मन्त्री बनेका आठ सांसदहरुले मन्त्री बनेको १० दिनपछि जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले यहि साउन ९ गते शपथ लिएका थिए ।

सरकारले प्रदेश प्रमुख हटाएर नयाँ नियुक्तको सिफारिस गरेपछि मन्त्रीको जिम्मेवारी तोक्ने विषय ढिलाई भएको थियो । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन भएको हो ।

कार्य विभाजनमा बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय, भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, सरोज थापालाई शहरी विकास र प्रचण्डविक्रम न्योपानेलाई उद्योग मन्त्रालय, खेम बहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ३ : २३ बजे

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल