७ आश्विन २०८३, बुधबार | September 23, 2026

कार्ल्सबर्ग इन्डिया र गोर्खा ब्रुअरीको शेयर कार्ल्सबर्ग ग्रुपले किन्ने सम्झौता



काठमाडौँ । कार्ल्सबर्ग ग्रुपले, कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडबाट ३३.३३ प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको छ ।

कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेड, कार्ल्सबर्ग इन्डिया प्राली र नेपालमा रहेको गोर्खा ब्रुअरीको होल्डिङ कम्पनी हो । यस सम्झौता बमोजिम, कार्ल्सबर्ग ग्रुपले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गर्नेछ ।

प्रस्तावित कारोबारको सम्झौता समाप्ति पश्चात कार्ल्सबर्गले भारतमा रहेको सम्पूर्ण ब्यापारको शतप्रतिशत स्वामित्व प्राप्त गर्नेछ तथा  कार्ल्सबर्ग साउथ एसियाको सेयर स्वामित्व मार्फत नेपालमा रहेको गोर्खा ब्रुअरीको ९९.९४ प्रतिशत सेयर स्वामित्व पनि प्राप्त गर्नेछ ।

प्रस्तावित कारोबारको कुल खरिद मूल्य ७४४ मिलियन अमेरिकी डलर रहेको छ । कारोबारको ७४४ मिलियन अमेरिकी डलर मध्ये २०७ मिलियन अमेरिकी डलर रकम हालका लागि कार्ल्सबर्गसँग रहनेछ । जुन रकम खरिद बिक्री सम्झौताको अधिनमा रहेर आउन सक्ने दाबीको भुक्तानी गरी बाँकी रहेको रकम आगामी ३ देखि ५ वर्षभित्र हस्तान्तरण गरिसक्ने छ ।

प्रस्तावित कारोबारहरु सन् २०२४ को अन्तिम त्रैमाससम्ममा सम्पन्न गरिसक्ने अपेक्षा गरिएको छ । प्रस्तावित कारोबार हुनका लागि दुई पक्षबीच केही विशेष सर्तहरु पूरा हुनुपर्ने गरी सम्झौता भएको छ । यो सम्झौता सम्बन्धि सर्तहरु पूरा गर्नुका साथै नेपालमा कारोबार हुँदा पालना गर्नुपर्ने सरकारी स्वीकृतिका आवश्यक विषयहरु पनि यसमा समावेश छन् । प्रस्तावित कारोबारहरूलाई भारतको प्रतिस्पर्धा आयोगले अनुमती दिइसकेको हुनाले कुनै पनि अन्य नियामक ुएन्टीट्रस्ट अथोरिटीु को आधार यस कारोबारमा समावेश हुने छैन ।

कार्ल्सबर्ग साउथ एसियामा बाँकी रहेको सेयरहोल्डिङ को खरिदले  कार्ल्सबर्ग साउथ एसिया र  कार्ल्सबर्ग इन्डिया प्रालि पहिलेदेखि नै पूर्णतया एकिकृत भएका कारण कार्ल्सबर्ग ग्रुपको लेखामा कुनै पनि प्रभाव नपार्ने बताइएको छ । कार्ल्सबर्ग साउथ एसियाको सेयरहोल्डिङ मार्फत् नेपालमा गोर्खा ब्रुअरीमा रहेको व्यवसाय हाल नियन्त्रणको अभावका कारण कार्ल्सबर्ग ग्रुपको खातामा सम्बद्ध कम्पनीको रूपमा बर्गिकरण गरिएको छ । तर कार्ल्सबर्ग साउथ एसियाले गोर्खा ब्रुअरीमा थप ९।९४ प्रतिशत सेयर खरिद गरेपछि पूर्ण रूपमा एकिकृत हुनेछ ।

यो सम्झौता बारे कार्ल्सबर्ग ग्रुपका प्रमुख कार्यकारी अधिकृत जाकोब आरुप एन्डरसन भनेका छन्- ‘हामी हाम्रा साझेदारसँग मैत्रीपूर्ण सम्झौतामा पुग्न सक्षम भएकोमा र दुईवटा महत्वपूर्ण एसियाली व्यवसायहरुमा पूर्ण नियन्त्रण हासिल गर्न सकेकोमा असाध्यै खुशी छौं । भारतमा व्यापार बिस्तार गर्नु हाम्रो कम्पनीको ुएक्सलेरेट सेल स्ट्राटेजीको प्रमुख प्राथमिकता हो । हामी यस रोमाञ्चक बियर बजारमा दीर्घकालीन वृद्धिका अवसरहरु हासिल गर्न लगानीलाई तीब्र रुपमा बढाउनेछौं ।’

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११